३४ किलो सुनकाण्डको अर्को डरलाग्दो नयाँ रहस्यको पर्दाफास -

भिडियो सहित हेर्नुहोस !
Advertisement
११ फागुन, काठमाडौं । ३४ किलो सुनकाण्डको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीबाट पक्राउ परेका एक एसएसपीसहित ८ जना माथि अनुसन्धान जारी छ । यसैक्रममा काठमाडौंका केही व्यापारीहरुले भारतीय बजारमा सामान किन्दा भारतीय नगदको साटो सुनबाट भुक्तानी दिने गरेको रहस्य प्रहरीले पत्ता लगाएको छ ।
सुनबाटै व्यापारको भुक्तानी
३४ किलो सुन तस्करीमा ८ जना मालिकहरु संलग्न भएको खुलेको छ । नेपालमा बसेर कारोवार गर्ने चार जना र दुबईमा बस्ने चारजनाको लगानीमा ३४ किलो सुन भित्रिएको सीआइबीको अनुसन्धानबाट खुलेको छ ।
८ जना कारोवारीमध्ये दुईजना भारतीय सुन व्यापारी भएको खुलेको छ । सीआइबी स्रोतका अनुसार सालिमार ज्वेलर्सका सञ्चालक रामकृष्ण गोयल र नेपालमै बसेर सुन व्यवसाय सञ्चालन गरिरहेका भारतीय नागरिक अमोल विभूतिको लगानी भेटिएको छ । पक्राउ परेका उनीहरु बाहेक अन्य ६ जना नेपाली कारोवारीहरु हुन् ।
हुण्डी कारोवार र सुनको धन्दा एक साथ चलाइरहेका तस्करहरुले आफनो व्यवसायको भुक्तानी नै सुनबाट गर्ने गरेको खुलेको छ । ‘सुन तस्करीमा संलग्नहरु सबै आफ्नो व्यापार पनि चलाउँछन्, त्यस्तो व्यापारका लागि विशेष गरी भारतबाट ल्याइएको सामानको भुक्तानी नै सुनबाट गर्ने गरेको भेटिएका छन्’ सीआइबीका एक इन्स्पेक्टरले भने ।
तस्करीको बाटोबाट आएको सबै सुन नेपालमा मात्रै खपत नहुने भएकाले त्यो सुन भारत पुग्ने गरेको हो । भारत पुर्‍याइने सुन काठमाडौंका व्यापारीहरुले व्यवसायिक भुक्तानीका रुपमा बुझाउने गरेको प्रहरीको भनाइ छ । अनुसन्धान अधिकृत भन्छन् ‘दुवईबाट सुन पठाउने मुख्य मालिकले मात्रै नगदमा भुक्तानी लिने गर्दा रहेछन्, त्यसका लागि आवश्यक पैसा दुबईमा संकलन हुन्छ । भारतीय नागरिकसँग हुने कारोवारको भुक्तानी चाँही सुनबाटै गर्ने यिनीहरुको चेन देखिन्छ ।’
दुबईमा बसेका नेपालीहरुको पैसा संकलन गर्ने र त्यही पैसाले उतै सुन खरिद गरेर उनीहरुको पैसा हुण्डीमार्फत नेपाल पठाइदिने गरेको खुलेको छ ।
दुबईमा बसेर कारोवार गर्ने गिरोहसँग सीआईबीको हिरासतमा रहेका काभे्रका रामहरि कार्कीले समन्वय गर्ने गरेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार कार्कीले दुबईबाट आएको सुन नेपालका व्यापारीहरुसम्म पुर्‍याइदिने जिम्मेवारी लिएका थिए ।
एसएसपी खत्रीमाथि संगठित अपराध अन्र्तगत अनुसन्धान गरिरहेको सीआइबीले अबको केही दिनमै अदालतमा मुद्दा बुझाउने गरी अनुसन्धान गरिरहेको बताएको छ । संगठित अपराधअन्र्तगत ६० दिन थुनामा राख्न पाउने व्यवस्था छ ।
एसएसपी श्याम खत्रीसहित थुनामा रहेका ८ जनाविरुद्ध संगठित अपराध अन्र्तगत मुद्दा बुझाउने अन्तिम तयारी भैरहेको सीआईबीका एक अनुसन्धान अधिकृतले बताए ।
तस्करीको धन घर घडेरीमा
सुन तस्करीको आरोपमा तीनजना भरिया र एसएसपीसहित ८ जनाको सम्पतिमाथि पनि अनुसन्धान भैरहेको सीआइबीले जनाएको छ । सीआइबी स्रोतका अनुसार एसएसपी श्याम खत्री, भन्सारका कर्मचारी श्यामु श्रेष्ठ, श्रीनारायण यादव र राजकुमार ढकालको सम्पतिमाथि अनुसन्धान भैरहेको छ ।
एसएसपी श्याम खत्रीको पनि अस्वाभाविक सम्पति देखिएको सीआइबीको अनुसन्धानमा खलेको छ । पक्राउ परेकाहरु सबैविरुद्ध सीआइबीको अनुसन्धानपछि सम्पति शुद्धीकरण विभागले पनि अनुसन्धान गर्ने छ ।
प्रहरीका अनुसार सबैको सम्पति अस्वाभाविक देखिएको छ । सीआइबी स्रोतका अनुसार १९ वर्ष १० महिनादेखि एरपोर्टमै कार्यरत सुब्बा श्याम श्रेष्ठको बैंकमा मात्रै एक करोड नगद देखिएको छ ।
त्यस्तै घर तथा जग्गा पनि अस्वाभाविक देखिएका छन् । अर्का श्रीनारायण यादवको काठमाडौंमा मात्रै कराडौं पर्ने २ वटा घर भेटिएका छन् भने तीन ठाउँमा जग्गा पनि देखिएको छ । त्यस्तै एउटा पाइप उद्योगमा समेत यादवको लगानी भेटिएको छ ।
सीआईबी स्रोत भन्छ ‘पक्राउ परेकाहरु सबैको करोडौंका सम्पतिहरु देखिएका छन्, जुन उनीहरुको जागिरबाट हुने आम्दानीसँग कतै पनि मेल खाँदैन, हामी यसको फेरिस्थ तयार पार्दैछौं ।’

भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About about

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment