fack police

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं, १२ फागुन।-आफूहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आएको प्रहरी भन्दै न्युरोडबाट दाजुभाइलाई अपहरण गरी रकम लुट्ने पूर्व नेपाली सैनिकसहितको छ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
अपराध महाशाखाको टोलीले ती लुटेरालाई बुधबार विभिन्न स्थानबाट पक्राउ गरी बिहिबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा रुकुम, रनमा माइकोटका विश्वास घर्तीमगर, धन कुमार परियार गोरखा, ताप्ले गाविसका नारायण बानियाँ, अशोक बानियाँ, शिवबहादुर बानियाँ गोरखा नगरपालिकाका सुदीप थापा मगर रहेका छन् ।
पक्राउ परेकामध्ये शिवबहादुर बानियाँ र अशोक बानियाँ पूर्व नेपाली सैनिक रहेको प्रहरीले जनाएको छ । गत मङ्गलबार न्युरोडस्थित ग्लोबल आइएमई बैंकबाट प्रेमनारायण खराल र विधान खरालले चेक साटी नगद रु चार लाख २७ हजार झिकेर बाहिर निस्कने क्रममा अभियुक्तहरुले आफूहरु प्रहरी भएको बताएर डल्लुसम्म हिँडाएर लगेका थिए ।
डल्लुबाट खरालद्वयलाई ट्याक्सीमा चढाएर खुकुरी देखाई वसुन्धारा पुर्याएपछि उनीहरुको साथमा रहेको रकम र तीन थान चेक तथा पाँच थान आइफोनलगायत लुटेर लुटेराहरुले छाडिदिएका थिए ।
खराल दाजुभाइ हुन्डीको कारोबारमा संलग्न रहेकाले अनुसन्धान गर्ने भन्दै लुटेरा गिरोहले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा विश्वास घर्तीमगर र नारायण बानियाँले प्रहरीका लागि बेलाबेलामा सुराकीको काम समेत गर्ने गरेको खुलेको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About about

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment