news

भिडियो सहित हेर्नुहोस !
Advertisement
काभ्रे, ११ फागुन । महादेवस्थान नगरपालिका– ७ कुन्ताका रामप्यारी राई दनुवारले भूकम्पपछि ऋण गरेर श्रीमान्को मुटुको शल्यक्रिया गराउनुभयो । भूकम्पबाट घाइते सासूको उपचार जारी छ । भएको सम्पत्ति श्रीमान् र सासूको उपचारमा सकिएपछि उहाँले अहिलेसम्म घर निर्माण गर्न सक्नुभएको छैन । रामप्यारीका श्रीमान् हीरा पहिलेदेखि नै मुटुका रोगी हुनुहुन्थ्यो । उहाँका सासूलाई बाथ रोगका कारण बाहिरभित्र गर्न बैसाखीको सहारा चाहिन्छ । त्यसैले घरको सम्पूर्ण जिम्मेवारी रामप्यारीको काँधमा छ ।
“जेठी छोरी अपाङ्ग भएका कारण घरमै थन्किएकी छिन, छोरा र छोरी पढाउने जिम्मेवारी पनि मेरै काँधमा छ,” उहाँले पीडा सुनाउनुभयो । भूकम्पपछि उहाँको घर पूर्णरुपमा क्षति भइसकेको छ । सासूले आँखा देख्न नसक्ने भएपछि उहाँ आफैँंले डोहो¥याएर भित्रबाहिर गराउँदै आउनुभएको छ ।
“टहरामा निकै चिसो हुन्छ, रातभर लगलग कामेर बस्छु,” रामप्यारीका सासूले भन्नुभयो– “टहराको बास कहिलेसम्म रु” बुहारीले ऋण गरेर ल्याएको पालले बेरिएको टहरामा बस्दै आएको उहाँ बताउनुहुन्छ । “सासूकै इच्छा पुरा गर्न नयाँ घर निर्माण गर्ने योजना बनाएका छौँ,” रामप्यारीले भन्नुभयो । सरकारले उपलब्ध गराएको रु ५० हजारले नयाँ घर बनाउन सम्भव छैन । जग्गा धितो राखेर ऋण निकाल्न खोजेपनि नपाएपछि उहाँको नयाँ घर निर्माण गर्ने योजना अधुरै रहेको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About about

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment