एफसी एसियन कप छनौटः नेपाल फिलिपिन्ससँग ४-१ ले पराजित

भिडियो सहित हेर्नुहोस !
Advertisement
bannerकाठमाण्डौँ । एएफसी एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४-१ गोलले पराजित भएको छ । 

फिलिपिन्सको राजधानी मनिलास्थित रिजाल मेमोरियल स्टेडियममा भर्खरै सम्पन्न खेलमा फिलिपिन्सले नेपालमाथि ४-१ को प्रभावशाली जित दर्ता गरेको हो । फिफा बरियतामा नेपालभन्दा ४६ स्थान माथि रहेको फिलिपिन्सविरुद्ध नेपालले खुलेर खेल्न सकेन । 

खेलको १२ औँ मिनेटमा नै नेपाली मिडफिल्डर विक्रम लामाले फिलिपिनो खेलाडीको प्रहार हातले रोकेपछि उनलाई सिधै रेड कार्ड दिइएको थियो । रेड कार्डपछि फिलिपिन्सलाई प्राप्त पेनाल्टीलाई नेपाली गोलरक्षक किरण चेमजोङले उत्कृष्ट बचाउ गरेको थिए । तर सुरुवातमै १० खेलाडीमा सिमित नेपाली खेलाडीले फिलिपिन्सको प्रहारलाई बिफल पार्न सकेनन् ।

खेलको २१ औँ मिनेटमा प्राप्त पेनाल्टीलाई फिलिपिन्सका कप्तान फिल योङहस्वेण्ड ले गोलमा परिणत गर्दा नेपाल १ ० ले पछि पर्यो । त्यसको दुई मिनेटपछि नेपालले अर्को गोल खान पुग्यो । फिलिपिन्सको लागि योङ्सहस्वेन्डले गोल गरेका थिए । 

खेलको २८ औँ मिनटमा इयान राम्सेले फिलिपिन्सको लागि तेस्रो गोल गरे । पहिलो हाफको इन्जुरी समयमा नेपालका बिशाल राईले नेपालको लागि एक गोल फर्काए । 

पहिलो हाफमा ३-१ ले पछि परेको नेपालले दोस्रो हाफमा थप एक गोल खान पुग्यो । 

नेपाली टोलीको कप्तानी भरत खवासले सम्हालेका थिए । 


नेपालले एसियन कपको छनौटका अन्य खेलहरुमा ताजकिस्तान र यमनसँग प्रतिस्पर्धा गर्नेछ 
भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About about

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment