कतार मा बसने नेपालि को लागि खुसि को खबर "नेपाली कामदारका लागि सुविधा सम्पन्न आवास बनाइरहेका छौँ : कतार"

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं, २६ मंसिर । कतारले नेपाली कामदारका लागि सुविधा सम्पन्न आवास बनाइरहेको जनाएको छ । कतारका लागि नेपाली नवनियुक्त राजदूत युसुफ मोहमद अहमद मोहमद अल हायलले लाखौंको संख्यामा नेपाली कामदार कतारमा रहेका र उनीहरुलाई आफूहरुले सुुविधा सम्पन्न आवास बनाइरहेको बताएका हुन् ।

बहादुरभवन कान्तिपथस्थित उपराष्ट्रपतिको कार्यालयमा आइतबार उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेटमा राजदूत युसुफले कतारका प्रत्येक कारखानामा नेपाली कामदार रहेको र उनीहरुकै लागि सुविधासम्पन्न आवास बनाइरहेको र नयाँ श्रम कानुन लागू गरिएको जानकारी गराए ।

उपराष्ट्रपति पुनले संविधान जारी भएसँगै लगानी मैत्री वातावरण बनेको भन्दै नेपालमा लगानी गर्न गरेको गरे । जवाफमा राजदूतले कतारलाई समृद्ध बनाउनमा नेपालीहरुको ठूलो भूमिका रहेको प्रसङ्ग कोट्याउँदै नेपालको विकास र समृद्धिका लागि आफूहरु सहयोग निरन्तर रहने बताए ।

कतारले छोटो समयमा हासिल गरेको समृद्धिबाट नेपालले सिक्न चाहेको भन्दै उपराष्ट्रपति पुनले नवनियुक्त कतारी राजदूतको कार्यकालमा नेपाल र कतारबीचको सम्बन्ध थप प्रगाढ बन्नेमा आफू विश्वस्त रहेको बताए । राजदूत युसुफले नेपाल कतारको असल मित्रराष्ट्र भएको बताए ।

तस्विर : उपराष्ट्रपतिकाे कार्यालय
भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About about

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment