म ३४ वर्षीया विवाहित महिला हुँ । मेरो सेतो पानी कत्ति पनि आउँदैन ।

भिडियो सहित हेर्नुहोस !
Advertisement


प्रश्न: म ३४ वर्षीया विवाहित महिला हुँ । मेरो सेतो पानी कत्ति पनि आउँदैन । यौन सम्पर्क गर्दा होस् वा अरू बेला । कृपया यो समस्याको समाधान बताइदिनुभए आभारी हुने थिएँ । योनिरस कसरी आउँछ ? योनि एक नली आकारको एकदमै तन्कन सक्ने तन्तुले बनेको अङ्ग हो । यसको भित्री तह श्लेष्मयुक्त हुन्छ ।



त्यसैले स्वभाविक अवस्थामा पनि यो एक किसिमले भिजेको अवस्थामै हुन्छ । भिजेको अवस्थामा हुने भए पनि सामान्यत: थाहा हुने गरी योनिरस बाहिरतिर आउँदैन । यौन उत्तेजनाका बेला भने अत्यधिक रस आउँछ, जसले यौनसम्पर्कलाई सहज बनाउँछ ।
यौन उत्तेजना भएपछि पुरुषको लिङ्ग उत्तेजत भएजस्तै महिलामा योनिरस आउन थाल्छ । यौन उत्तेजनाका बेला योनिरस आउनु स्वभाविक योनिश्राव हो । यसरी यौन उत्तेजनाका बेला आउने योनिरसको प्रमुख उद्देश्य यौनसम्पर्कमा सहजता ल्याउनुका साथै त्यसलाई सुखमय तुल्याउनु हो ।

कहिलेकाहीं अत्यधिक योनिश्राव भएको स्थितिमा यौन आनन्द प्राप्तिमा केही कमी आउन सक्छ ।
यौन उत्तेजना हुन थालेपछि रगतको प्रवाह कटी प्रदेशमा त्यसमा पनि भगक्षेत्र र योनिमा बढी हुन थाल्छ । यसको वरिपरि प्रशस्त मात्रामा रक्तनसा हुन्छन् । यौन उत्तेजनाका बेला यी रक्तनसाहरूमा रगतको बहाब बढ्छ । योनिमा रस निकाल्ने विशेष ग्रन्थिहरू भने हुँदैनन् तर यसको भित्ता नै रसाएर आउँछ । सुरुमा यी रस योनिको भित्रतिर मात्र रहे पनि निकै निस्किए योनिद्वारभन्दा बाहिर पनि आउँछ । योनिरस कतिमात्रा आउँछ भन्ने कुरा यौन उत्तेजनाको स्तरमा भर पर्छ भने कतिपय स्थितिमा यो व्यक्तिअनुसार पनि हुन्छ ।

योनि किन सुख्खा हुन्छ ?
महिनावारी बन्द हुने उमेरका महिलामा योनि सुख्खा हुने समस्या मानिए पनि त्यसभन्दा कम उमेरका महिलामा पनि यस्तो समस्या देखा पर्न सक्छ । यौनसम्पर्कका बेला पर्याप्त मात्रामा योनिरस नआउनुको कारण पर्याप्त मात्रामा यौन उत्तेजना नहुनु एउट प्रमुख कारण हो । घर–परिवारमा भएका अन्य वा यौनसम्बन्धी तनाव अनि चिन्ताले यौनेच्छा नै नहुन सक्छ र यस्तो स्थितिमा योनिमा आवश्यक मात्रामा योनिरस आउने कुरै भएन । महिला स्वस्थ नहुनु पनि योनि सुख्खापनको कारण हुन सक्छ । मधुमेहले एकहदसम्म योनिरसमा कमी ल्याउन सक्छ ।

महिनावारी बन्द हुने बेला नभैसकेको वा त्यसभन्दा कम उमेरमा एलर्जीका लागि प्रयोग गरिने एन्टिहिस्टामिन औषधीको प्रयोगले पनि योनि सुख्खा गराउन सक्छ । विभिन्न किसिमको रसायनसँगको एलर्जीले पनि योनिमा सुख्खापन ल्याउन सक्छ । महिलाले प्रयोग गर्ने साबुन वा त्यसमा प्रयोग भएका सुगन्ध वा यौनरंग वा योनि सफा गर्न डुस प्रयोग हुने कुरा वा पौडी पोखरी वा बाथ टबमा प्रयोग गरिने रसायन आदि समेत यसका कारण हुन सक्छन् । कपडा धुन प्रयोग गरिने डिटरजेन्टमा भएका सुगन्ध वा रंग (रसायन) पनि यसको कारण हुन सक्छ । महिलाको योनि जीवाणुरहित हुनुपर्छ भन्ने सोच वास्तवमा ठीक छैन । आवश्यकताभन्दा बढी सफा राख्दा एकातिर योनिमा संक्रमण हुनसक्छ भने अर्कातिर सुक्खा हुने समस्या पनि बल्झिन सक्छ । त्यसबाहेक क्यान्सरको उपचारका क्रममा प्रयोग गरिने औषधि (अजझयतजभचबउथ) वा चबमष्यतजभचबउथ जस्ता कारणले पनि योनि सुख्खा हुन्छ । शरीरमा विद्यमान हार्मोनको मात्रामा आएको परिवर्तनले पनि योनि सुक्खा हुने समस्या सिर्जना गर्न सक्छ ।

योनि सुख्खा भएर समस्या ?
हुन त व्यक्तिले विभिन्न किसिमले यौन सुख प्राप्त गर्छ । कतिपय योनि–लिङ्ग यौनसम्पर्कबाहेकका यौन क्रियाकलापमा पनि संलग्न हुन्छन् । योनि–लिङ्ग यौनसम्पर्कको सन्दर्भमा वा योनिमा केही पसाएर हस्तमैथुन गर्दा योनिरस पर्याप्त रूपमा नआएर योनि सुख्खा भए यौनसम्पर्क नै पीडादायक बन्न पुग्छ । आक्कल–झुक्कल योनि सुख्खा हुनु त्यति ठूलो समस्या नहुन सक्छ तर निरन्तर रूपमा त्यस्तो भए यो चासोको विषय बन्छ ।

योनिरस नआए यौनसम्पर्क गर्न नै असजिलो हुन्छ । यौन सम्पर्कका दौरान लिङ्गलाई योनिमा बाहिर–भित्र गराउँदा महिलालाई दुख्ने–पोल्ने हुन्छ भने पुरुषलाई पनि असजिलो हुन्छ । त्यसैले यौनसम्पर्क आनन्ददायक हुने कुरै भएन । यसरी विशेष गरेर योनि सुख्खा र पीडादायक हुँदा यौनसम्पर्कबाट आफूलाई टाढै राख्न खोजिन्छ । यौनसम्पर्क आनन्ददायक हुनुपर्नेमा पीडायुक्त भयो भने त्यसमा पर्याप्तमा मात्रामा संलग्न भइँदैन । यौनसम्पर्कमा पर्याप्त रूपमा संलग्न नभएपछि यौनसुख प्राप्त हुने कुरै भएन ।

समाधान के त ?
मुख्य कुरा त महिलामा पर्याप्त योनिरस आउन यौन उत्तेजना हुनुपर्‍यो । पर्याप्त मात्रामा प्राक्क्रीडामा दुवै जना संलग्न भएपछि मात्र यौनसम्पर्क गरियो भने फाइदा हुन सक्छ । तपाईंले कुनै औषधी प्रयोग गरिरहनुभएको स्थितिमा त्यसको प्रभाव हो कि भनेर पनि विचार गर्नुपर्ने हुन्छ । योनिरस पर्याप्त मात्रामा नभै यौनसम्पर्क गरेका कारणले यस्तो हुन गएको हो र पर्याप्त मात्रामा योनिरस निस्कन्छ जस्तो लाग्दैन भने अन्य चिल्लो पदार्थ पनि प्रयोग गर्न सकिन्छ । त्यसका लागि भ्यासलिन वा त्यस्तै कुनै तेलयुक्त चिल्लो पदार्थ प्रयोग गर्न सकिन्छ तर त्यसले हाम्रो शरीरमा भएका सूक्ष्म छिद्रलाई बन्द गर्ने सम्भावना भएकाले त्यसको तुलनामा पानीमा घुल्ने चिल्लो पदार्थ ९प्(थ् वभििथ० प्रयोग गर्नु बढी उपयुक्त हुन सक्छ । कतिपयले थूकलाई राम्रो विकल्पका रूपमा प्रयोग गर्दै आएका छन् ।

कान्तिपुर साप्ताहिक बाट Guaranteed vs. Non-Guaranteed Permanent Life Insurance Policies Fifty years ago, most life insurance policies sold were guaranteed and offered by mutual fund companies. Choices were limited to term, endowment or whole life policies. It was simple, you paid a high, set premium and the insurance company guaranteed the death benefit. All of that changed in the 1980s.Interest rates soared, and policy owners surrendered their coverage to invest the cash value in higher interest paying non-insurance products. To compete, insurers began offering interest-sensitive non-guaranteed policies. Guaranteed versus Non-Guaranteed Policies Today,companies offer a broad range of guaranteed and non-guaranteed life insurance policies. A guaranteed policy is one in which the insurer assumes all the risk and contractually guarantees the death benefit in exchange for a set premium payment. If investments underperform or expenses go up, the insurer has to absorb the loss. With a non-guaranteed policy the owner, in exchange for a lower premium and possibly better return, is assuming much of the investment risk as well as giving the insurer the right to increase policy fees. If things don’t work out as planned, the policy owner has to absorb the cost and pay a higher premium.
भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About about

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment