कस्तो रहन्छ तपाईको २०७४ साल, यस्तो छ वार्षिक भविष्यफल

भिडियो सहित हेर्नुहोस !
Advertisement


शासकहरुमा अहंकार बढ्ने छ । सरकारले नयाँ सालको भदौ महिनासम्म अलि अफ्ठ्यारो परिस्थितिको सामना गर्नुपर्नेछ । नयाँ वर्षमा राशीहरुको अवस्थिति अनुसारको के कस्तो फल होला भन्ने आममानिसको खुल्दुलीको विषय हो । यही चासो र सरोकारलाई ध्यानमा राख्दै यहाँ नयाँ वर्षभरीको राशी फलको महत्वपूर्ण अंशहरु उल्लेख गरिएको छ ।



मेष – वर्षको आरम्भमा राहु र गुरुको प्रतिकुलताले गर्दा मानहानी स्वास्थ्य कमजोर एवं द्रव्य अधिक नोक्सान भएपनि भाद्रमासबाट गुरु अनुकुल बन्ने छ । व्यवसायमा प्रगतिको संकेत एवं मानसम्मान, दाम्पत्य जीवन सफल बन्ने छ । शनिको कारण धार्मिक कार्यमा बाधा उत्पन्न हनेछ । शैक्षिक क्षेत्रमा सफलता, कृषिकार्य र जग्गाजमीनको काममा लाभ मिल्ने छ । जेष्ठ महिनादेखि कात्तिकसम्म शनिको अढैयाको कारण काममा ढिला अनावश्यक बिषयमा समय चल्ने छ । आर्थिक दृष्टिले असार, असोज, माघ र फागुन उत्तम रहनेछ ।



वृष – व्यापारमा सामान्य लाभ हुनेछ । शनि भदैयाको कारणले जेष्ठ ५ गतेसम्म र मंसिर १ गते पछि काममा ढिलाई, प्रतिकुल स्वास्थ्य, झुटो आरोप खप्नु पर्नेछ । वैदेशिक रोजगारीमा उत्तम मानिएको छ । जग्गाजमीनको कारोवारमा विवाद, तीर्थ यात्रा सफल हुनेछ । पारिवारीक सुख मिल्नेछ । उत्तराध्र्दमा दाम्पत्य जीवनमा समस्या आउने भएकाले शनिको शान्ति र शिव आराधना गर्नु अनिवार्य छ । जेष्ठ, असोज र माघ महिना कष्टको जीवन बित्ने छ ।



मिथुन – यो राशी भएका व्यक्तिहरुलाई यो वर्ष उत्तम मानिन्छ । वर्षको शुरु र अन्तमा भूमि र बाहनबाट सुख प्राप्त हुन्छ । आर्थिक उत्थान हुन्छ । रोजगारी र सामाजिक कार्यमा मानसम्मान हुन्छ । पैतृक सम्पति, सन्तानको उन्नति, हराएको धन प्राप्त हुनेछ । धार्मिक कार्यमा मन जाने छैन । शैक्षिक क्षेत्र असफल बन्नसक्छ । भदौ, मंसिर र चैत महिना सुखद् छन् ।
कर्कट – यो राशी भएका व्यक्तिको यो वर्ष सामान्य रहने छ । शत्रुमाथि विजयी, व्यापारबाट अत्यन्त लाभ, भूमि र बाहनबाट उन्नति हुनेछ । शुक्र र शनि ग्रहको अनुकूलताका कारण व्यापार, अध्ययन, सन्तान सुख या प्रगति हुनेछ । आर्थिक दृष्टिले बैशाख, जेठ र असोज शुभ महिना रहनेछन् ।



सिंह – यो वर्ष आम्दानीका नयाँ–नयाँ मार्गहरु मिल्नेछ । वर्षको अन्तसम्म गुमेको सम्पति प्राप्त हुनेछ । मान पदमा उन्नति हुनेछ । स्वास्थ्यमा प्रतिकूलता, पेट सम्वन्धी रोगले सताउने छ । व्यवसायबाट सामान्य लाभ छ । धार्मिक कार्यमा समावेश हुनेछ । नारायणको पुजा गरेमा दाम्पत्य जीवन, बैदेशिक रोजगारीका साथै सन्तान सुख हुनेछ । आर्थिक दृष्टिले जेठ, कार्तिक, असार र माघ उत्तम रहने छन् ।



कन्या – शनिको अढैयाको कारण यो वर्ष कन्या राशीको दिनचर्या सामान्य रहेको छ । वर्षको उत्तराध्र्दमा मानसिक तनाव, स्वास्थ्यमा प्रतिकूलता, स्वजनसँग वैरभाव र व्यापार व्यवसायमा मन्द गती हुने छ । शैक्षिक काममा आलस्य उत्पन्न हुनेछ । शत्रुमाथि विजय प्राप्त, पारिवारीक कार्यमा माङ्गलिक कार्य शुरु हुनेछ । वैदेशिक क्षेत्र सफल हुनेछ । असार, मंसिर र फागुन महिना उत्तम भनिएको छ ।
तुला – यो वर्ष अनुकूल प्रतिकूल दुइवटै मिश्रित समय रहेको छ । नोकरीमा प्रगति हुनेछ भने व्यापारमा लाभ तर स्वास्थ्य समस्याले ग्रसित पार्नेछ । नयाँ कामको थालनी हुन्छ तर भूमी वाहन सम्वन्धी राम्रो हुने छैन । कृषि कार्यबाट प्रचुर मात्रामा लाभ लिन सकिने छ । स्वास्थ्यमा अशुभ भएकाले मनमा अशान्ति आर्थिक समस्या उत्पन्न हुन्छ । बैदेशिक रोजगारी राम्रो छ । शनिदेव र शिवको उपासना अनिर्वाय छ । भदौ, पुस र चैत महिना उत्तम रहेको छ ।



बृश्चिक – यो वर्ष कृषिजन्य कार्यबाट, पशु व्यवसायबाट राम्रो जीवनयापन चल्ने छ । शैक्षिक क्षेत्र सामान्य बन्ने छ । सामाजिक कामबाट मानसम्मान प्राप्त हुनेछ । पारिवारीक सम्वन्ध प्रतिकूल बन्नेछ । वुवा–आमालाई कष्ट हुन्छ । आर्थिक समस्या पर्नेछ । शनिको अशुभ फल प्राप्त हुनाले शनि शान्ति गर्नु अति आवश्यक छ । बैशाख, भदौ र पुस महिना उत्तम रहेको छ ।



धनु – यो वर्ष धेरै प्रतिकूल बन्नेछ । शनिको पूर्ण प्रभाव पर्ने भएकाले पारिवारीक सम्वन्ध कष्टकर, स्वास्थ्यमा नराम्रो, पेट सम्वन्धी समस्या र चोट लाग्न सक्ने योग छ । शैक्षिक कार्यमा सफल रहेनछ । अधुरा रहेका शैक्षिक कार्यहरु पूरा हुनेछ । बैदेशिक रोजगारी असफल बन्नेछ । कृषि व्यवसाय सामान्य रहनेछ । शनिको जप, दान र शान्ति गरेर जीवनमा सफलता प्राप्त गर्न सकिन्छ ।



मकर – यो वर्ष मिश्रित फलको सामना गर्नुपर्नेछ । वर्षको पूर्वाध्र्दमा तीर्थयात्रा गर्ने योग छ । जग्गाजमिन र पशु व्यवसायबाट लाभ हुनेछ । वर्षको मध्यमा व्यापारमा राम्रो लाभ हुनेछ । आमा–बुवाको स्वास्थ्य प्रतिकूल हुनेछ । शैक्षिक कार्यमा राम्रो छ । वर्षारम्भ र वर्षको उत्तराध्र्दमा झुटो आरोपको सामना गर्नुपर्नेछ । मानसिक तनाव अशुभ फल प्राप्त हुनेछ । शनि अशुभ भएकाले शनि शान्ति र शिव उपसना गर्नु राम्रो हुन्छ ।



कुम्भ – यो वर्ष सामान्य रहेको पाइन्छ । अभिभावकको साथमा तीर्थ यात्राको योग छ । माङ्गलीक कार्यको शुरुवात हुनेछ । पारिवारीक सुख प्राप्त सन्तान प्राप्तिको योग बनेको छ । स्वास्थ्यमा प्रतिकूलता र आर्थिक अवस्था कमजोर बन्न सक्छ । ऋण बढ्ने छ । बिनाकाम झमेलामा फस्नु पर्छ । बैदेशिक क्षेत्रमा वर्षको उत्तराध्र्दमा राम्रो लाभ हुनेछ । नोकरीमा अपयश प्राप्त हुनेछ । व्यापारबाट सामान्य लाभ हुनेछ । बैशाख, साउन, मंसिर र पुस महिना शुभ रहेको छ ।



मीन – यो वर्ष मध्यम रहेको छ । स्वास्थ्य सम्वन्धी तनाव, आँखा र पेटको रोगले सताउने छ । चोटपटकको भय, हतियार र सवारी साधनबाट होशियार रहनुपर्नेछ । सामाजिक र माङ्गलीक कार्यमा धेरै खर्च हुनेछ । वैदेशिक क्षेत्र र अध्ययन अध्यापन अधुरो रहनेछ । आम्दानीका नयाँ स्रोतहरु प्राप्त हुनेछन् । सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ । मानसम्मान मिल्ने छ । व्यापारबाट सामान्य लाभ हुनेछ । दाजुभाईमा उन्नति हुनेछ । नयाँनयाँ कामको थालनी हुनेछ । साझेदारी काममा प्रगति हुनेछ । बिशेषगरी जेठ, भदौ पुस र माघ शुभ रहेका छन् ।RECENT NEPAL.com बाट

-ज्यो.पं. जनार्दन निरौला
भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About about

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment