बियर नराम्रो होइन यसले विभिन्न फाइदा पुर्याइरहेका हुन्छन्

भिडियो सहित हेर्नुहोस !
Advertisement








ओन्ली माई हेल्थ




चैत १५ – बियर पिउँदा पेट बढ्छ, बियरमा अल्कोहलको मात्रा धेरै हुन्छ – बियरको बारेमा तपाईंको मनमा विभिन्न भ्रान्ति होलान् तर वास्तवमा यस्तो हुँदैन । बियर यति पनि नराम्रो हुँदैन जति तपाईंहरु सोच्नुहुन्छ । यसले विभिन्न फाइदा पुर्याइरहेका हुन्छन् ।१. बियर त्यति नराम्रो होइनः

बियर पिउनु वा नपिउनु तपाईंको इच्छामा निर्भर हुन्छ । तर आज हामी तपाईंलाई

सन्तुलित मात्रामा बियरको सेवन गर्दा हुने १० फाइदाबारे जानकारी दिँदै छौं । याद राखनुहोस्, हामी तपाईंलाई बियर पिउन प्रेरित गरिरहेका छैनौं । यदि तपाईं रक्सी पिउनुहुन्न भने वा तपाईंलाई तल दिइएका विभिन्न स्वास्थ्य समस्या छन् भने पनि तपाईंले यसको सेवन नगर्दा राम्रो ।



२. बियर पिउने व्यक्तिको लामो आयुः

संतुलित मात्रामा बियर पिउनु तपाईंको स्वास्थ्यको लागि राम्रो मानिन्छ । यदि तपाईं धेरै बियर पिउनुहुन्छ भने यसले तपाईंलाई क्यान्सरजस्ता रोगको शिकार बनाउँछ । थुप्रै अनुसन्धानले बताए अनुसार सन्तुलित मात्रामा बियर पिउने व्यक्ति, धेरै पिउने वा पिउँदै नपिउनेभन्दा लामो जीवनयापन गर्दछन् । बियर सन्तुलित मात्रामा पिउनका लागि उपयुक्त हुन्छ । यसमा अल्कोहलको मात्रा वाइन र ह्विस्किभन्दा कम हुन्छ ।



३. प्राकृतिक हुन्छन् बियरः

केही मानिसहरुले बियरमा थुप्रै प्रिजरभेटिभ मिसाइएको अनुमान गर्छन् तर वास्तवमा बियर सुन्तलाको जूस जतिकै प्राकृतिक हुन्छन् । अझ धेरै विषयमा त्योभन्दा पनि धेरै । किनभने प्याक गरिएको सुन्तलाको रस र मिसावटी दुधको नोक्सानीको बारेमा हामीलाई थाहा नै छ । बियरलाई प्रिजरभेटिभको आवश्यकता छैन । यसमा अल्कोहल र होप्स हुन्छ । यी दुबै प्राकृतिक प्रिजरभेटिभ हुन् ।



४. बीयरले कोलेस्ट्रोलको स्तरमा गर्छ सुधारः

बियरमा कोलेस्ट्रोल हुँदैन तर यसले तपाईंको शरिरमा कोलेस्ट्रोलको स्तरमा सुधार गर्छ । सन्तुलित मात्रामा बियरको सेवन गर्दा शरिरमा गुड र ब्याड कोलेस्ट्रोलको स्तरलाई सन्तुलित गर्दछ । बियरले शरिरमा गुड कोलेस्ट्रोलको स्तरलाई बढाउँछ । ताजा शोधका अनुसार दैनिक एक बियर पिउँदा गुड कोलेस्ट्रोलको सतरमा चार प्रतिशतको वृद्धि हुन्छ ।



५. बियरमा भिटामिन ‘बी’ को मात्रा भरपुरः

बियर त्यसमा पनि अनफिल्टर वा लाइट बियरमा धेरै पौष्टिक तत्व पाइन्छ । बियरमा भिटामिन ‘बी’ को सबै रुप उच्च स्तरमा हुने गर्दछ । यसमा फोलिक एसिड हुन्छ जसले हृदयघातबाट बचाउन सहयोग पुर्याउँछ । बियरमा घुलनशील फाइबर हुन्छ जसले तपाईं दैनिक कामका लागि ऊर्जा प्रदान गर्दछ । यसका साथै यो फाइबर हाम्रो शरिरमा जमेको अतिरिक्त बोसो र फोहोरलाई निकाल्न सहयोग गर्दछ । यसका साथै यसले शरिरमा म्याग्नेसियम र पोटासियमको स्तर पनि बढाउन सहयोग गर्दछ ।



६. पानीभन्दा सुरक्षित बियरः

यदि तपाईं कुनै स्थानमा हुनुहुन्छ र त्यहाँको पानी नपिउन सल्लाह दिइएको छ भने तपाईं बियर पिउन सक्नुहुन्छ । यो सबैभन्दा सुरक्षित विकल्प हो । बियरलाई उमालेर बनाइन्छ त्यसपछि सिलबन्दी हुनबेलासम्म यसको स्वच्छतामा विशेष ध्यान दिइएको हुन्छ । यदि यो स्वच्छ नहुँदो हो त यसलाई बेच्न पनि असम्भव हुन्थ्यो । यसमा हानिकारक ब्याक्टेरिया हुँदैन ।



७. हृदयघातबाट बचाउँछः

यदि तपाईंलाई भिटामिनभन्दा धेरै लाभ चाहिन्छ भने तपाईं बियर पिउन सक्नुहुन्छ । रेड वाइनको सट्टा डार्क बियरमा अत्यधिक एन्टी–अक्सिडेन्ट हुन्छ । अमेरिकन हार्ट असोसियसनका अनुसार वाइन अन्य अल्कोहोलिक पेय पदार्थको तुलनामा फाइदाजनक छ भन्ने कुराको कुनै पुष्टि छैन । बेलायती मेडिकल जर्नलले सन् १९९९ मा छापेको एक रिपोर्ट अनुसार दैनिक तीन ड्रिङ्क पिउँदा हृदयघातको खतरालाई २४.७ प्रतिशतसम्म कम हुन्छ ।



८. क्यान्सरसँग लड्छः

बियरको सबैभन्दा राम्रो फाइदा यसले क्यान्सरसँग लड्ने क्षमता राखेको हुन्छ । बियर बनाउन प्रयोग हुने होप्समा ज्यानथोहुमोल पाइन्छ जसले क्यान्सरसँग लड्ने क्षमता राखेको हुन्छ । यो एन्टी अक्सिडेन्ट केवल बियरमा मात्र पाइन्छ । यो तत्व यति राम्रो हुन्छ कि जर्मनीका मानिसहरुले यसको स्तरमा बढोत्तरी गराएर एक विशेष बियर तयार गरेको छ ।



९. बियरले पेट बढाउँदैनः

युनिभर्सिटी कलेज अफ लण्डन र इन्स्टिच्युट क्लिनिकले सन् २००३ मा गरेको एक अनुसन्धान अनुसार पेट बढ्नु र बियरको सेवनबिच कुनै सम्बन्ध छैन । साधारणतया बियर पिउने मानिसहरु बियर नपिउनेभन्दा मोटो हुन्छन् भन्ने मान्यता राखिन्छ । यदि बियर र मोटोपन बिच कुनै सम्बन्ध छ भने पनि त्यो निकै साधारण भएको अनुसन्धानले बताउँछ ।



१०. क्यालोरीको मात्रा कम हुन्छ

बियरमा क्यालोरीको मात्रा निकै कम हुन्छ । यसमा कार्बोहाइड्रेट निकै कम हुन्छ । कोलेस्ट्रोल पनि हुँदैन । लगभग ३४० ग्राम बियरमा १ सय ५६ क्यालोरीका साथै १४ एमजी सोडियम, ० बोसो, १२.६ ग्राम कार्बोहाइड्रेट र १ प्रतिशत क्याल्सियम पाइन्छ ।



११. मृगौलामा पत्थरी हुँदैनः

अमेरिकामा भएको सोध अनुसार बियर पिउँदा पत्थरी हुने खतरा काम हुन्छ । एक सोधका अनुसार ४० प्रतिशत बियर पिउने मानिसहरुमा मृगौला पत्थरी हुने खतरा बियर नपिउनेको तुलनामा निकै कम हुन्छ । यद्यपी, बियरमा पाइने के कुराले यस्तो हुने भन्ने बारे शोधकर्ताले निर्धारण गर्न नसकेको बताइएको छ ।

१२. हड्डी बलियो बनाउँछः

यदि तपाईं आफ्नो हड्डी बलियो बनाउन चाहुनुहुन्छ भने तपाईंले बियर पिउन सक्नुहुन्छ । बियरमा पाइने सिलिकन हड्डीका लागि निकै फाइदाजनक हुन्छ । भिन्न–भिन्न बियरमा यो भिन्न मात्रामा पाइन्छ । लाइट बियरमा सिलिकनको मात्रा कम हुन्छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About about

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment