म आफ्नी गर्लफ्रेन्डसँग यौनसम्पर्क गर्न खोज्छु । मैले धेरै पटक टङ किस र ब्रेस्ट किस गरें ।

भिडियो सहित हेर्नुहोस !
Advertisement


म आफ्नी गर्लफ्रेन्डसँग यौनसम्पर्क गर्न खोज्छु । मैले धेरै पटक टङ किस र ब्रेस्ट किस गरें । त्यति गरे पनि उनले यौन सम्पर्क गर्न भने दिइनन् । उनी आफूलाई कन्ट्रोल गर्छिन् । किन होला ?

विवाहपूर्व यौनसम्पर्कको तयारी
तपाईंले आफ्नो सन्देशमा तपाईं तथा तपाईंकी केटी साथीको उमेर लेख्नुभएको छैन, तर पनि तपाईंहरू युवावस्थामै हुनुहुन्छ र विवाह गर्न पनि बाँकी नै छ भन्ने अनुमान गरेको छु । तपाईंलाई थाहा भएकै कुरा हो कि युवा अवस्थामा यौनेच्छा तीव्र हुन्छ ।





अचेल विवाहको उमेर पछिल्तिर धकेलिएको हुनाले यसरी यौनेच्छा तीव्र हुने उमेरमा पनि हामीले सहज रूपमा यौनसम्पर्क राख्न भने पाउँदैनौं । यसकै लागि विवाहभन्दा पहिले विभिन्न तरिकाले यौनसम्पर्क राख्ने ध्येयअनुसार सम्बन्ध बढाइन्छ र आफ्नो साथीलाई त्यसका लागि तयार गर्न विभिन्न क्रियाकलाप पनि गरिन्छ ।



तपाईंले यो स्तम्भमा पहिले पनि विवाहपूर्वको यौनसम्पर्कले रहने अनिश्छित गर्भ र त्यसले ल्याउने स्वास्थ्य समस्या अनि सम्बन्धलाई गोप्य राख्न नसक्दा अनेकन् सामाजिक समस्या सामना गर्नुपर्ने कुरा पढ्नु नै भएको होला ।



तपाईंले केटी साथी भन्नुभएको छ । तपाई र तपाईंकी केटीसाथीको सम्बन्ध कत्तिको गहिरो छ भन्ने कुरा तपाईंको चुम्बनजस्ता क्रियाकलापले दिए पनि विस्तृत रूपमा त्यसका बारेमा केही उल्लेख छैन । तपाईंको सम्बन्ध कत्तिको प्रणयपूर्ण छ, लेख्नुभएको छैन । शारीरिक रूपमा यस्ता क्रियाकलापमा नजिक भए पनि भावनात्मक रूपमा नजिक नभैसकेको हुने सम्भावना पनि त्यतिकै छ । विचार गर्नुपर्ने कुरा के छ भने तपाईंहरूको गहिरो प्रणयपूर्ण सम्बन्ध छ भने तपाईंहरूको सम्बन्ध यौनसम्पर्क राख्नेतिर मात्र हुँदैन भन्दा अतिशयोक्ति हुँदैन । यौनसम्पर्कलाई धेरैजसो समाजमा शारीरिक सम्बन्ध भनिए पनि यो त्यति नै मानसिक कार्य पनि हो । त्यसको सन्दर्भमा पनि तयार भए–नभएको कुरा पनि त्यति नै महत्वपूर्ण छ ।



अधर र स्तन चुम्बनले पनि किन काम नगरेको ?
तपार्इंले महिलाहरू कसरी उत्तेजित हुन्छन् भन्ने कुराको अध्ययन गरेर आफ्नी केटी साथीलाई यौन उत्तेजित गराउने प्रयास गर्नुभएको देखिन्छ । सामान्य व्यक्तिलाई सामान्य अवस्थामा गहिरो चुम्बन र स्तनको चुम्बन वा मर्दनजस्ता कुराले उत्तेजित तुल्याउँछ । सामान्य सम्बन्धको अवस्थामा यस्ता कुरा यौनसम्पर्कको तयारीका रूपमा तर यौन उत्तेजना ल्याउन मदतगार हुने गरेको पाइन्छ, तर तपाईंहरूको सम्बन्ध विवाहपूर्वको स्थितिमा छ भने अर्कातिर दुवै जना तयार पनि नभएको स्थिति देखिन्छ ।
बुझ्नुपर्ने कुरा के हो भने यौन उत्तेजना हुनु र यौनसम्पर्क एउटै कुरा होइनन् । सामान्य अवस्थामा प्रायश: यौनसम्पर्कका लागि यौन उत्तेजना आवश्यक मानिन्छ तर यौन उत्तेजना भयो भन्दैमा यौनसम्पर्क राख्ने परिस्थिति हुँदैन भन्ने कुरा त तपाईंलाई पनि थाहै होला । नत्र किशोरावस्थामै धेरैको यौनसम्पर्क भैसक्थ्यो होला । अर्कातिर विशेष गरेर जबरजस्ती यौन सम्पर्क गरिँँदा पनि महिलाहरू यौन उत्तेजित नभएका हुन सक्छन् ।



पहिलो कुरा त यौन चाहना भए पनि शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि उहाँ यौनसम्पर्कका लागि तयार हुनुपर्‍यो । यौनसम्पर्क राख्न तयार भए पनि जो कोहीसँग सहजै यौनसम्पर्क राख्ने कुरा भएन, त्यसैले कुनै खास व्यक्तिसँग यौनसम्पर्क राख्ने कि नराख्ने भन्ने विषयमा पनि सोच्ने भयो । त्यसबाहेक उहाँको मूल्य–मान्यताको विकास कसरी भएको छ भन्ने कुरा पनि त्यति नै महत्त्वपूर्ण छ । उहाँले विवाहपूर्व कुमारित्व भङ्ग नहोस् भन्ने चाहना राख्नुभएको पनि हुनसक्छ । तपाईं उहाँको नजिक हुनुभएकाले उहाँको भावना बुझ्न सक्नुहुन्छ र उहाँको भावनाको आदर गर्दै भावी क्रियाकलापलाई अघि बढाउन सक्नुहुन्छ ।

महिलाले किन सहजै यौनसम्पर्क गर्न मान्दैनन् ?
केटा अर्थात पुरुषको तुलनामा महिलाहरू यौनसम्पर्कका लागि सहजै तयार हुँदैनन् भन्ने कुराको जीव वैज्ञानिक आधार पनि छ । त्यसका बारेमा पनि छोटकरीमा चर्चा गरौं । जीव वैज्ञानिक आधारमा कुरा गर्ने हो भने महिला तथा पुरुषमा आधारभूत भिन्नताहरू छन् र यो कुरा उनीहरूको यौन क्रियाकलापमा पनि लागू हुन्छ ।



जीव वैज्ञानिक रूपमा कुनै पनि जीवित प्राणीको ध्येय आफ्नो प्रजातिको विस्तार गर्नु हो, जसका लागि सबल सन्तानको जन्माउने मात्र होइन, त्यसलाई राम्रोसँग हुर्काउनु पनि पर्ने हुन्छ । जीव वैज्ञानिक रूपमा सन्तान हुर्काउने जिम्मेवारी स्वभाविक रूपमा महिलाको बढी हुन्छ । त्यसैले पनि महिलाले यौनसम्पर्क राख्नु भनेको यो अभिभारा बहन गर्नु पनि हो । महिलाहरू सन्तानलाई स्तनपान गराउने वा हेरचाह गर्ने मात्र होइन, भविष्यमा आफ्नो र सन्तानको खाना र सुरक्षाको प्रत्याभूतिलाई पनि मध्यनजर गर्छन् । त्यसका लागि सामान्यत: महिलाले गर्भधारण गर्नुअघि नै कुन पुरुषले आफूलाई दीर्घकालीन साथ दिन्छ वा दिँदैन, आफू र जन्मिने सन्तानप्रति समर्पित रहन्छ वा रहँदैन र सन्तान सबल बनाउन तथा उसलाई हुर्काउन खाना अनि सुरक्षाजस्ता कुराको व्यवस्था गर्न सक्छ कि सक्दैन भन्ने कुराका बारेमा पनि विचार गर्छन् । यी कुरा महिलाले सचेत रूपमा सोचेर गर्ने भन्दा पनि जीववैज्ञानिक रूपमा स्वभाविक रूपमै पनि हुन्छ । अहिलेको आधुनिक समाजमा पनि विभिन्न रूपमा यसलाई सिकाइएको पाइन्छ ।



यिनै कारणले महिलाहरू पुरुषको तुलनामा सहज रूपमा यौनसम्पर्क राख्न गर्न मान्दैनन् । अर्को किसिमले यौनसम्पर्कको नियन्त्रण आफूमा राख्नु महिलाहरू शक्तिशाली स्थितिमा हुनु पनि हो । तपाईंको सम्बन्धप्रतिको प्रतिबद्धता, समर्पण अनि भावी सन्तानको हेरचाह र सुरक्षाको प्रतिभूति हुने किसिमको सम्बन्ध तपाईंहरूबीच हुनु आवश्यक छ । यौनसम्पर्कका लागि विवाहसम्म पर्खने कुरा
पनि यसैसँग सम्बन्धित छ । आशा गर्छु, तपाईंले आफ्नो सम्बन्धमा प्रगाढता ल्याउन उल्लेखित कुराहरू लागू गर्नुहुनेछ । अर्को कुरा, उमेर पुगेको छ र सामाजिक रूपमा सबल हुनुहुन्छ भने विवाह गरे पनि त भयो नि, होइन र ?

कान्तिपुर साप्ताहिक
भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About about

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment