भिडियो सहित हेर्नुहोस !
Advertisement
रुद्र शर्मा दोहा, ११ अप्रिल । कंचनपुरमा भारतीय प्रहरीले नेपाली जनता माथी गोलि प्रहार गरि सहिद भएका गोबिन्द गौतम राष्ट्रिय सहिद भएपछि नेपाल लगायत विभिन्न ठाउँ र क्षेत्र बाट “सिमानामा काँडेतार “लगाउन आवाज उठेपछि कतारबाट समाजिक अगुवाई गर्दै राजु डुम्रेले “सिमानामा काँडेतार अभियान”कतार बाट सुरु गरेका थिए । नेपाल संयोजक समेत रहेका राष्ट्रबादी नायक नवल खड्काको प्रमुख आतिथ्यमा पत्रकार सम्मेलन मार्फत नेपाल भारत सिमानामा काडेतार अभियान घोषणा गरेका हुन सोही कार्यक्रममा प्रमुख अतिथिका रूपमा आएका खोटाङ सिम्पानी भूमिमा जन्मिएका रास्ट्रबादी नायक नवल खड्कालाई खोटाङ सेवा समाज कतारले गत ८ अप्रिल २०१७ का दिन नेपाली आगन रेस्टुरेन्टको प्रांगणमा सस्थागत भेटघाट तथा बिदाई गरेको छ ।
उक्त भेटघाट कार्यक्रममा सस्थाका उपाध्यक्ष रुद्र शर्मा (आचार्य) सस्थाका महासचिब कैलाश श्रेष्ठ, प्रमुख सल्लाहकार प्रकाश गुरुङ, विशेष सल्लाहकार प्रेम प्रसाद भट्टराई, चानक पोख्रेल, चन्द्र शेर राई, कार्यसमिति सदश्य महेश दाहाल, रबिन शेर्पा त्यसै गरि खोटाङे गजलकार लेख कार्की साथै अन्य खोटागेहरुको बाक्लो उपस्थितमा सिमानामा काँडेतार अभियानका संयोजक राजु डुम्रे समेतको उपस्थित रहेको थियो ।
नायक खडका “सिमानामा काँडेतार अभियान” लिएर कतार आएका हुदा उपस्थित सम्पूर्णले यस अभियानको बारेमा जान्न इच्छुक भए पछि
संयोजक राजु डुम्रेले यस अभियानको बारेमा प्रस्ट पार्दै भने “जुन नेपालमा भारतको ज्यादतिले गर्दा हामी नेपाली हरुले भारतको सिमानामा क्षेत्रमा भोग्नु परेको बिबिध समस्याहरु छन नेपाली सीमानामा भारतको हेपाह प्रवृत्तिले पटक–पटक सीमा मिचिने मात्रै होइन नेपालीमाथि गोली चलेपछि सीमानामा काँडेतार लगाउने अभियान सुरु गरेको डुम्रेले जानकारी दिए ।
संयोजक राजु डुम्रेले यस अभियानको बारेमा प्रस्ट पार्दै भने “जुन नेपालमा भारतको ज्यादतिले गर्दा हामी नेपाली हरुले भारतको सिमानामा क्षेत्रमा भोग्नु परेको बिबिध समस्याहरु छन नेपाली सीमानामा भारतको हेपाह प्रवृत्तिले पटक–पटक सीमा मिचिने मात्रै होइन नेपालीमाथि गोली चलेपछि सीमानामा काँडेतार लगाउने अभियान सुरु गरेको डुम्रेले जानकारी दिए ।
सीमानमा काँडेतार अभियानको प्रस्थान बिन्दुमा छौ-संयोजक डुम्रे
अन्तर्राष्ट्रिय संयोजक राजु डुम्रेका अनुसार ‘हामी चरणबद्ध रूपमा सीमानमा काँडेतार अभियानको प्रस्थान बिन्दुमा छौ,’ उनले भने, ‘पहिलो चरणमा नेपाल भारत सीमानको एक हजार ६ सय ९० माइलको लामो सीमानमा काडेतारवारको थालनी गर्न सरकारलाई दवाव दिनेछौ ।’ यस अभियानलाई पहिलो पटक कतारबाट घोषणा गरिएको छ भने यूएईबाट सहयोगको प्रतिबद्धता आएको छ ।
मृत्युलाई हातमा लिएर अगाडि बढ्छु
त्यसैगरी अभियानको घोषणा कार्यक्रमका लागी कतार आएका नवल खड्काले मृत्युलाई हातमा लिएर जुनसुकै मुल्य चुकाएर भए पनि निरन्तर
अभियानका लागि अगाडि बढ्ने बताएका छन् । ‘नेपालमा हुने हरेक घटनाहरुले प्रवासमा रहेका नेपालीहरुलाई धेरै पीडाबोध हुने महशुस गरेको छु’ उनले भने,’नेपालको सीमानामा नै आएर नेपालीहरुको हत्या हुने गतिबिधीले जोकोही नेपालीहरुलाई पनि दुखित बनाउने गरेको छ ।’ काँडेतार लगाएपछि अत्याधुनिक मनिटरीङ प्रणाली जडान गर्न र त्यसको रक्षा गर्न नेपाली सेनालाई परिचालन गर्न सरकारलाई दबावा दिने अभियानको लक्ष्य रहेको उनले बताए ।
सीमानामा भारतीय अतिक्रमणको बिरोधसंगै काँडेरतार लगाउनु पर्ने भन्दै यो अभियान पहिलो पटक कतारबाट सुरु गरिएको हो । कार्यक्रममा भारत र चीनको खुल्ला सीमानामा पर्खाल वा काँडेतार लगाउनुपर्ने र त्यसका लागि सरकारको ध्यानाकर्षण गराउनपर्नेमा जोड दिएका थिए । अन्त्यमा नायक खडकाले यस अभियानका अभियन्ताहरुले निम्न कुराहरुको बारेमा ध्यानाकर्षण गर्नु पर्ने बताएका छन् ।
१-सिमानामा काँडेतार लगाउन कानुनि जटिलताहरू छन यसका निम्ति सरकारले नेपाल भारत सिमानामा समस्या लाई प्रमुख प्राथमिकतामा राख्नु पर्छ र १९५० काे असमान सन्धिका बुदाहरू खारेजी गर्नु पर्छ भनेका छन।
२-आर्थिक बजेट अपुग भएको खण्डमा जनतालाई दिइएको सेवा सुबिधालाई कटौती गरी सिमानामा सरकारले तारबार लगाउनु पर्छ ।
३- यदि सरकार लाई अार्थीक बजेटकाे अभाब भएमा अर्को बिकल्प , सरकारले जनताका नाममा आर्थिक र श्रमदान गर्नका लागी आव्हान गरेास , त्यसको लागी जनता दुबैकार्य गर्न तत्पर रहेका छाै ।
४-त्यो पनि गर्न सक्दैन सरकारले भने कानुनी अड्चनहरुमा सहजीकरण गरेर काँडेतार लगाउन आबस्यक आर्थिक र श्रमदान जुटाउन बिश्व भरि रहेका अभियन्ताहरु सक्षम रहेका छन ,सहयाेग हुन्छ ।
५-सरकारले कानुनी बाटो नखुलाइ यो वा त्याे बहानामा जनताको अभियानलाई रोक्न खोज्ने ,अाफुपनि केही नगर्ने हाे भने , देशको सुरक्षाका लागी जनता विद्रोहमा उत्रने र देशको सिमानाको रक्षा आफै गर्ने छन ।
६- जल ,जमिन ,जङ्गल ,जलस्रोत र जनको सुरक्षा काँडेवारले गर्नेछ । हामीले थप सांस्कृतिक अतिक्रमणलाइ पनि रोक्नुपर्छ ।नेपाल भारत सिमानामा काडेतार तत्काल आबस्यक महसुस गरिएकोले उक्त अभियानलाई बिश्वभरी छरिएर रहेका देशभक्त नेपालीले सहयोग हुने अपेक्षा गरिएको छ अन्तमा खोटाङ सेवा समाज कतारले अभियान्ता सबैलाई शुभकामना ब्यक्त गर्दै अभियान सफलताको निमित्त सहयोग रहने प्रतिबद्धता ब्यक्त गरिएको थियो।

भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments:
Post a Comment