रजश्वला भएको पूर्णिमाको त्यो रात...!

भिडियो सहित हेर्नुहोस !
Advertisement
महिलाहरूमा एक्कासी ‘मासिक धर्म’ (महिनावारी) रोक्किँदा ‘सपना साकार’ भएको जस्तो लाग्न सक्छ, विशेष गरी ती महिलाहरूको लागि जसलाई गर्भवती हुने इच्छा हुन्छ। तर अन्यको लागि, रजस्वला रोक्किनु – एमेनोह्रिया (Amenorrhea) हुनु भनेको डरको कारण बन्न सक्छ।
महिनावारी नहुँदा वा अलि ढिलो हुन गएमा अधिकांश महिलाहरूलाई चिन्ता बढ्न सक्छ, किनकी यसले बुढ्यौलीपनाको सङ्केत पनि गरेको हुन सक्छ। त्यसैले महिनावारी रोक्किनु महिलाहरूको लागि तनाव र चिन्ताको कारण बन्न सक्छ, जसले विकराल रूप पनि लिन सक्छ।
“जब हाम्रो शारीरिक प्रक्रिया नियमित हुन्छ, त्यो एक किसिमको जादु जस्तै हुन्छ।”, क्यालिफोर्नियाका महिलारोगविशेषज्ञ ‘डा. शेरी रोस’ले भनिन्- “जब महिनावारी एकदम नियमित हुन्छ मतलब १-१ महिनामा हुन्छ, अधिकांश महिलाहरूले आफूलाई मानसिक र शारीरिक दुवै तवरले सन्तुलित महशुस गर्छन्।”साधारण अवस्थामा, हरेक २८ दिनमा मासिक चक्र सुरु हुने गर्छ। तर कसैमा यो चक्र ढिलो अथवा चाँडो सुरु हुन सक्छ। यो चक्र महिलाहरू रजोनिवृत्ति (पूर्णरूपले रजस्वला रोक्किने अवस्था) नहुञ्जेलसम्म चलिरहन्छ, जुन महिलाहरू ५० वर्ष (औषतमा) पुग्छन्। तर, त्यो अवस्था आउनुभन्दा पहिले नै रजस्वला रोक्किनुका अनेकौँ कारणहरू हुन सक्छन्। यी कारणहरू शारीरिक देखि वातावरणीय पनि हुन सक्छन्।
१. पाठेघरको ट्यूमर
शेरी रोस भन्छिन्, ५ देखि १० प्रतिशत महिलाहरूलाई ‘पोलिसिस्टिक ओभरी सिण्ड्रोम’ (Polycystic Ovary Syndrome- PCOS) ले असर गर्न सक्छ। यो यस्तो अवस्था हो, जुन हुँदा महिलाको पाठेघरमा हुने डिम्बाशयमा स-साना ट्यूमरजस्ता मासु पलाउन थाल्दछन्, जसलाई सिस्ट (Cyst) भनिन्छ। हुन त यो सिस्ट त्यति खतरनाक हुँदैन, तर यसले शरीरको हरमोनमा असन्तुलन ल्याउँदछ, जसको कारण रजस्वलामा अनियमितताको साथै रजस्वला नै रोक्किन पनि सक्दछ।“PCOS ले महिलाहरूको ‘एस्ट्रोजन र प्रोजेस्टेरोन’ हरमोनलाई पूर्ण रूपले अनियमित (घटबढ) गराउँदछ।”, रोस भन्छिन्- “यस्तो भएमा रजस्वला चक्र हरेक २ हप्तामै सुरु हुन सक्छ। कतिपयको हरेक ३ देखि ६ महिनाको बीचमा सुरु हुन सक्छ भने कसैलाई हरेक १ वर्षमा रजस्वला हुन सक्छ।” त्यसैले यदि रजस्वला चक्र हरेक २१ दिनभन्दा चाँडै अथवा हरेक ४५ दिनभन्दा ढिलो सुरु हुन गएमा तुरुन्तै चिकित्सकको सल्लाह लिन रोस सुझाब दिन्छिन्।
(स्तनपान गराउनुअघि गर्भवती महिलाले यी कुरा जानिराख्नुपर्दछ…)
२. औषधीको साइडइफेक्ट
कहिलेकाहिँ, कुनै-कुनै औषधी जस्तै; गर्भनिरोधक चक्की, एसपिरिन, ब्रुफेनलगायत अन्य शक्तिशाली पेनकिलरले पनि महिलाहरूको रजस्वला चक्रमा महत्वपूर्ण भूमीका खेल्ने हरमोनमा असन्तुलन ल्याउन सक्दछ। त्यसैले यस्ता औषधी सेवन गर्नुभन्दा अगाडि एकपटक चिकित्सकसँग परामर्श लिनु आवश्यक हुन रोस बताउँछिन्।


(कुनै औषधी खानाअघि त कुनै खानापछि खानुपर्छ, तर किन?)
३. मोटोपना
महिनावारीको नियमिततामा मोटोपनाले एकदमै महत्वपूर्ण भूमीका खेलेको हुन्छ। “शरीरमा बोसोको मात्रा एकदमै कम छ भने पनि महिलाहरूमा रजस्वला रोक्किन सक्ने खतरा बढेर जान्छ।”, रोस भन्छिन्- “जसको BMI २० भन्दा कमी छ, उसले आफ्नो रजस्वला चक्रको समय घट्दै गएको महशुस गर्न सक्छन्, मतलब रजस्वला सामान्यभन्दा ढिलो सुरु हुन सक्छ।”
(केवल १५ दिनमा मोटोपना घटाउने जीराको अचुक शुत्र)
के हो BMI भनेको? कसरी निकाल्ने?
BMI भनेको Body Mass Index हो। यसले शरीरको तौल र उचाईको नियमिततालाई बुझाउँदछ। आफ्नो BMI निकाल्नको लागि:-
तपाईँको तौल (किलोग्राममा) लाई तपाईँको उचाई (मिटर)को वर्गले भाग गरेपछि तपाईँको शरीरको BMI निस्कन्छ। जस्तै;
तपाईँको तौल ‍ = ५५ किलोग्रामतपाईँको उचाइ = ५.६ फिट = ६६ इन्च = १.६७६४ मिटरत्यसैले, BMI = तौल / (उचाइ)² ‍= ५५ / (१.६७६४)² = १९.५
यदि BMI १८.५ भन्दा कम भए दुब्लो भएको भन्ने बुझाउँछ।यदि BMI १८.५ देखि २४.९ सम्म भए ठीक्कको तौल छ भन्ने बुझाउँछ।यदि BMI २५ भन्दा बढि भए मोटोपना भएको बुझाउँछ।
(तौल बढाउने ३ प्राकृतिक तरिका)
४. अधिक व्यायाम
अधिक व्यायाम गर्ने महिला र खेलाडि महिलाहरूको तौल सामान्यभन्दा कम नै भेटिन्छ, वा हुनुपर्छ भनौँ न! जसको कारण उनीहरूको शरीरमा ‘लेप्टिन’ नामक हरमोनको उत्पादनमा कमी आउँदछ। यो हरमोनले शरीरमा बोसोको मात्रालाई नियन्त्रण गर्नुको साथै रजस्वलाको चक्रमा पनि नियमितता ल्याउन मद्दत गर्दछ। त्यसैले अधिक व्यायाम गर्ने महिलाहरूको पनि रजस्वला चक्रमा अनियमितता आउने सम्भावना बढि हुन्छ।
(यस्ता ६ सङ्केत देखियो भने तुरुन्तै व्यायाम गर्न रोक्नुहोस्)
५. तनाव
रजस्वला रोक्किनुमा शारीरिक लगायत मानसिक कारणले पनि प्रभाव पार्दछ, जस्तै; तनाव। जब कोहि महिला तनावग्रस्त हुन्छ, तब शरीरले एस्ट्रोजन र प्रोजेस्टेरोन हरमोन पैदा नगराउन दिमागलाई सङ्केत पठाउँदछ र यी दुवै हरमोन भनेको रजस्वलाको लागि चाहिने मूख्य हरमोन हो।
(तपाईँलाई जतिबेला पनि थकाई लाग्छ? किन थाहा छ?)
अन्त्यमा, अकस्मात रजस्वला रोक्किन गएमा यो जरुरी छैन कि तपाईँ गर्भवती नै हुनुभएको छ। फेरि यो पनि जरुरी छैन कि तपाईँ अस्वस्थ हुनुहुन्छ र यसले हानि गर्दछ। रजस्वला रोक्किनुमा अनेकौँ कारणहरू हुन सक्छन्। एकपटक चिकित्सकसँग सल्लाह लिएर मात्र उचित निर्णय लिनु आवश्यक हुन्छ।
यो पनि हेर्नुहोस्-
महिला स्वास्थ्य: यौनसम्पर्कको लागि उचित समय
पुरुषलाई भन्दा महिलालाई बढि निन्द्राको आवश्यकता- खोजको नतिजा
चियर्स! बियर पिउँदा स्वास्थ्यको लागि राम्रो हुने ५ कारणहरू
शरीरका रौँ हटाउनुको स्वास्थ्य जोखिम
के थौरै रक्सी सेवन स्वास्थ्यको लागि फाइदाजनक हुन्छ?https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiZiolh3_BN08-U0vTtbo6oGNqa0972iOA5JrE5x4aeG9OpNr7MDu94Iw3O0PGpGnDwxCtv0TflAbAWgqsHBLRtXmIukR55O6oTSNqFxHWN20UTpOh3pSGixNoHADElC1qc068MR_RypuA/s640/
भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About about

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment