कटप्पाले बाहुबलीलाई किन मार्‍यो ? संभवत यहि जिज्ञासा बोकेर ‘बाहुबलीः द कन्क्लुजन’ हेर्न दशक हलसम्म धाउनेछन् । -

भिडियो सहित हेर्नुहोस !
Advertisement


कटप्पाले बाहुबलीलाई किन मार्‍यो ? संभवत यहि जिज्ञासा बोकेर ‘बाहुबलीः द कन्क्लुजन’ हेर्न दशक हलसम्म धाउनेछन् । - आगमी बैशाखमा सार्वजनिक हुने यो बहुप्रतिक्षित फिल्म हो, जसले अधिक दर्शक पाउने छाँट देखिएको छ । दर्शकको चाप र अपेक्षा थेग्नकै लागि हुनुपर्छ, निर्माण पक्षले यस फिल्मका लागि मनग्ये खर्च गरिरहेका छन् । फिल्मका लागि अहिलेसम्म २ सय ५० करोड भारु लगानी गरिसकेको बताइन्छ । अतः यहाँ बाहुबलीसँग जोडिएका केहि रोचक कुरा प्रस्तुत गरिएको छ ।





क्लाइमेक्स सीन शूट गर्न भारु ३० करोड

भारु तीस करोड ? अनौठो मान्नु पर्दैन, यत्तिका पैसा बाहुबली-२ ले यत्तिका पैसा आफ्नो क्लाइमेक्स सीन सुट गर्नका लागि मात्र खर्चिएको छ । जबकी यो दृश्य २० मिनेटको छ । अघिल्लो फिल्ममा क्लाइमेक्स सुट गर्नका लागि यसभन्दा आधा अर्थात १५ करोड रुपैयाँ लगाइएको थियो ।

तेस्रो भागमा पनि काम भइरहेको

बाहुबलीका निर्देशक एसएस राजमौलीले संकेत गरेका छन्, ‘बाहुबलीको तेस्रो भाग समेत आउनेछ ।’ यद्यपी यसको विस्तृत जानकारी भने बाहिर आएको छैन । राजमौलीले भनेका छन्, ‘किनभने फिल्ममा वास्तविकता देखाउनका साटो द्विविधा बढी भएको छ । यसका लागि म माफी चाहन्छु । यसमा दुई भागको जुन कहानी छ, त्यो अब खिचिने छैन । बाहुबली-३ को नयाँ शृंखला बन्नेछ ।’

सार्बजनिक अघि नै भारु ५ सय करोड आम्दानी

फिल्मको सबै स्याटलाइट राइट्स ७८ करोड भारुमा बिकेको छ । भारतभर यो फिल्म ६ हजार ५ सय स्त्रिmनमा सार्वजनिक हुँदैछ । यसको हिन्दी राइट्स एक सय २० करोड र बिदेशी राइट्स ५२ करोड रुपैयाँमा बिकेको छ । सेटेलाइट र थिएटि्रकली राइट्को कारण यो फिल्मले रिलिजअघि ५ सय करोड भारु कमाइसकेको छ ।

फिल्ममा चार क्लाइमेक्स

फिल्ममा चार क्लाइमेक्स बनाइएको छ । त्यसमध्ये एक क्लामेक्सलाई फिल्ममा राखिनेछ । अहिलेसम्म यस बिषयमा निर्देशकले सबै कुरा गोप्य राखेका छन् ।

बाहुबली-२ मा पनि भव्य झरना

बाहुबलीः द विगिनिङमा अलौकिक झरनाको दृश्यले दर्शकलाई चकित तुल्याएको थियो । भिएफएक्स प्रविधिबाट तयार गरिएको त्यस्तै झरना दोस्रो भागमा पनि समाबेश गरिएको बताइन्छ ।-
भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About about

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment