भारतले नेपाल टुक्य्राउने जिम्मा दिएको दावी गर्ने ‘रअ’को एजेन्टलाई पाकिस्तानमा मृत्युदण्ड

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं – पाकिस्तान बिरुद्द जासुसी गरिरहेको आरोपमा पक्राउ परेका भारतीय नागरिक कुलभुषण सुधीरलाई मृत्युदण्डको सजाय सुनाईएको छ ।पाकिस्तानको दाबी अनुसार उनी भारतीय जासुसी संस्था ‘रअ’ को एजेन्ट हुन् । -कुलभुषण ३ मार्च २०१६ मा पाकिस्तानको बलुचिस्तानमा पक्राउ परेका थिए । पाकिस्तानले उनीमाथी जासुसी गरेको आरोप लगाएको छ ।
पाकिस्तानका आर्मी चिफले कुलभुषण लाई मृत्युदण्डको सजाय सुनाईएको पुस्टि गरेका छन् । साथैं उनलाई उनलाई आफ्नो बचाउँको लागी कानुनी सहायता समेत उपलब्ध गराएको बताएका छन् ।
भारतले भने पाकिस्तानको आरोपलाई अस्वीकार गरेको छ । उनले आफ्नो नागरिकलाई पाकिस्तानले प्रताडित गरेको र उनी कानुनी तबरले इरान सँग कारोबार गरिरहेको बताएको छ ।
पाकिस्तानले आफ्नो प्रमाण पेश गर्दै पाकिस्तानी सेना र सरकारको तर्फबाट एक साझा प्रेस कन्फ्रेन्समा कुलभुषण जाधबको भिडियो देखाएका थिए,जसमा उनले आफु भारतीय नौसेना अधिकारी र भारतीय जासुसी संस्था ‘रअ’ को सदस्य भएको बताएका थिए ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About about

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment