VIDEO

भिडियो सहित हेर्नुहोस !
Advertisement
खासमा मन्दिरमा भगवानको दर्शन गरिसकेपछि पुजारीहरुले भक्तजनलाई फूल तथा प्रसाद दिन्छन् । तर भारतमा एउटा यस्तो मन्दिर छ जहाँ भक्तजनलाई फूल तथा प्रसादको साटो सुनचाँदीका गहना दिइन्छ । हो, भारतको मध्यप्रदेशस्थित रतलाममा रहेको महालक्ष्मीको मन्दिर सायद दुनियाको एउटा मात्र यस्तो मन्दिर हो जहाँ प्रसादको रुपमा दर्शनार्थीले सुनचाँदीका गहना पाउँछन् । वर्षमा केही दिन उक्त मन्दिरमा कुबेरको दरबार लाग्छ ।

त्यस समयमा भक्तजनलाई प्रसादको रुपमा सुन तथा चाँदीका गहनाका साथै नगद समेत दिने परम्परा छ । वर्षका अरु दिनहरुमा ठूलो संख्यामा आउने भक्तजनले उक्त मन्दिरमा प्रसस्त मात्रामा सुनचाँदी तथा भेटी चढाएका हुन्छन् । दिपावली लगायतका पर्वका बेला त मन्दिरमा निकै धेरै सुन भक्तजनले चढाएका हुन्छन् र महालक्ष्मीलाई खुबै श्रृंगारिएको हुन्छ । सोही सुनचाँदी र धनमध्येको केही हिस्सा कुबेर दरबारको पर्व लागेको बेला भक्तजनलाई प्रसादको रुपमा दिने गरिन्छ ।एजेन्सी
भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About about

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment